मुख्य समाचार
प्रवास
— प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन्। संयुक्त राष्ट्र सङ्घको विकासका लागि वित्त सम्मेलनसम्बन्धी कार्यक्रम सकिएपछि स्पेनको सेभियाबाट म्याड्रिड पुगेका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गएराति भेटघाट भएको हो। स्पेनका लागि नेपाली राजदूतको निवासमा आयोजित भेटका क्रममा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत एवं सम्मान गर्दै ...
: तीन वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएका गोरखाका चन्द्रबहादुर गुरुङको विदेशमै मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका— ३ पाङसिङका ४४ वर्षीय गुरुङको केही दिनअघि निधन भएको स्थानीय बुद्ध गुरुङले जानकारी दिए। हृदयघातका कारण हिँड्दाहिँड्दै बाटोमा ढलेर मृत्यु भएको खबर प्राप्त भएको गुरुङले जानकारी दिए। उनको शव बिहीबार राति नेपाल आइपुग्ने भन्दै आफन्तहरू पर्खाइमा छन्। ‘राति ११ ...
: अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक-एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ ...
First Prev ... 11 12 13 14 15 16