मुख्य समाचार
प्रवास
: कोरियाको रोजगार तथा श्रम मन्त्रालयले हाललाई रोस्टर अवधि थप गर्न नसकिने स्पष्ट पारेको छ। सउलस्थित नेपाली राजदूतावास र कोरियन रोजगार तथा श्रम मन्त्रालय बीच भएको छलफलमा कोरियन पक्षले सबै देशमा ईपीएस प्रणाली एकरूपतापूर्वक लागू भएकाले नेपालका लागि मात्र नियम परिवर्तन गरेर रोस्टर अवधि थप गर्न नसकिने बताएको हो। छलफलमा कोरियन पक्षले सेक्टर परिवर्तन गर्न ...
: सुनौलो भविष्य बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ७ सय ४८ जना नेपाली जेलमा परेका छन्। साउदीको कानुनविपरीत गतिविधि तथा विभिन्न प्रलोभनमा पर्दा उनीहरू जेल परेका हुन्। अधिकांश मदिरा सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन्। साउदीस्थित नेपाली दूतावासका श्रम कन्सिलर कविराज उप्रेतीका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको ...
। रोजगार अनुमति प्रणाली (ईपीएस) मा कार्यरत कर्मचारीको सुरक्षाप्रति दक्षिण कोरियाली सरकारले चासो व्यक्त गरेको छ । गत शुक्रबार कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूसँगको बैठकमा कोरियाली पक्षले आफ्ना कर्मचारीको सुरक्षाप्रति चासो व्यक्त गरेको हो । दुई वर्षदेखि ईपीएस मार्फत कोरिया जान नपाएको भन्दै युवाले ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ललितपुर ग्वार्कोमा रहेको ईपीएस ...
। स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ । मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ । अनलाइनखबरसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘यस विषयमा मन्त्रालय जानकार छ । यसको उचित समाधानका लागि उपलब्ध विकल्पहरूमा आवश्यक समन्वय र ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ । विज्ञप्तिअनुसार ...
— दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । दक्षिण कोरियाको छुङछङ बुक्दोस्थित उमसङमा वेट वाइप्स र डाइपर उत्पादन गर्ने कारखानामा गत शुक्रबार आगलागी भएको थियो । सोही कारखानामा काम गर्ने दोलखाका सिद्धार्थ कार्की शुक्रबारदेखि सर्म्पकविहीन भएका हुन् । कार्की डाइपर उत्पादन गर्ने कारखानामा आंशिक समयमा मात्रै काम ...
— बाह्रै मास हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम गरेका छन् । जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गरेर कीर्तिमान कायम गरेका हुन् । उनी दौरा-सुरुवाल लगाएर अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक पनि बनेका छन् । अन्टार्टिकाको कठ्यांग्रिँदो माइनस ...
। म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो । नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये ...
। युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई प्रहरी रिपोर्ट (पुलिस क्लियरेन्स सर्टिफिकेट/पीसीसी) अनिवार्य गरेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले प्रहरी रिपोर्टमा समेत कडाइ गरेको थियो । नेपाल प्रहरीले दिएको पीसीसीलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । प्रहरीले नि:शुल्क उपलब्ध गराउने उक्त रिपोर्ट विभागले भने छाप लगाएर प्रमाणीकरण गरिदिए बापत ...
— नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी त्यहाँको गृह मन्त्रालयले दिएको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भएको उल्लेख गरेको छ र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्ने ...
— विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पछिल्लो समय आप्रवासीहरूलाई लक्षित गर्दै अनुदार नीति अख्तियार गरेपछि नयाँ नियम लागू भएको हो। हाललाई आप्रवासी भिसा समेत बन्द गरेको अमेरिकाले स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता सेवामा पाउने गरेको ...
। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए । साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र ...
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
First Prev 1 2 3 4 5 6 7 ... Next Last