मुख्य समाचार
प्रवास
झापा — करिब चार वर्षअघि छिमेकी जिल्ला सिरहामा बस्ने छोरीको घर जान्छु भनेर हिँडेकी थिइन्, हरिपुर नगरपालिका–६ सर्लाहीकी जन्नत खातुन लहेरी (६२) । दुर्घटनाका कारण टाउकोमा लागेको चोटले मानसिक रूपमा विक्षिप्त उनलाई परिवारका सदस्यले धेरै खोजे । तर, अत्तोपत्तो लागेन । दुई महिनाअघि भारतको असमबाट जब फोन आयो, तब सिल्चर जेलमा रहेको परिवारले थाहा पाए । जेल प्रशासनकै अधिकारीहरूसँगको फोन ...
: अष्ट्रेलियामा बसोबास गर्ने एक नेपाली नर्स पक्राउ परेकी छन्। एक वृद्धा बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेको हो। 'वर्किङ भिसा'मा अष्ट्रेलिया पुगेका अस्मिताले इपिङस्थित एस्टिया हेल्थमा भर्ना भएकी एक वृद्धालाई थप्पड हानेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्। अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर ...
। वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ । पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पाण्डेले कुटपिट गरेका मध्ये एक जना ...
साउदी : रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरेबापत १००+३०० र १२००+३०० साउदी रियाल दिने भनेर उनीहरू साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा ...
बहराइच, भारत‚ अछाम — रुकुम पश्चिमको मुसीकोट–८ की ४० वर्षीया अनिता गहतराज २०७० पुस पहिलो साता भारतको रूपैडिहा नाकाबाट डेढ किलो चरेससहित पक्राउ परिन् । भारतीय प्रहरीले उनलाई लागूपदार्थ ओसारपसार अभियोगमा मुद्दा चलायो । अति विपन्न परिवारकी अनिताले न मुद्दाको प्रक्रिया बुझिन् न त आफूमाथि लागेको आरोपबारे विस्तृतमा थाहा पाइन् । अदालतले उनलाई १० वर्ष कैद र १ ...
काठमाडौँ — जनकपुर धामका दुई युवकको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । घटनामा संलग्न भएको आशंकामा दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । यस्तै भारतीय प्रहरीले ...
— मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका ...
झापा — कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर ...
: अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि दुईपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले तेस्रोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव मध्यान्ह ...
काठमाडौं: नेपाली राजदूतावास क्वालालाम्पुरले मलेसियामा अलपत्र परेका १३ नेपाली स्वदेश फर्कन लागेको जनाएको छ। वैदेशिक रोजगारीमा पठाउने कम्पनी, रोजगारदाता र नेपाली युवासँगको छलफल पछि उनीहरूलाई नेपाल फर्काउने पहल भएको दूतावासले जनाएको छ। दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका मलेसियामा नेपाली नागरिक अलपत्र भन्ने समाचारले ध्यानाकर्षण भएको जनाउँदै समस्यामा परेका नेपालीको सहयोगका लागि दूतावासले ...
साउदी: साउदी अरेबियामा ४ सय नेपालीलाई बहिर्गमन भिसा दिइएको छ। वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले एकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको हो। नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एक महिना भित्रमा ४५६ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको ...
काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझेर तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव ...
— रोजगारीको शिलशिलामा मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन् । आठ दिनदेखि उनीहरू केलाङ भन्ने सहरको एक भवनभित्र तेस्रो तलामा बन्धक बनाइएका छन् । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट मेनपवार कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए । जनवरी १ तारिखका दिन कम्पनीको ‘बोस’ले रौतहट घर भएका हिरालाल राउतलाई ...
— मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि सरकारले उनीहरूको उद्धारका लागि पहल सुरु गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले यो विषय ...
: लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ। नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन। यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधिकृत रुपमा प्रयोग गरी 'यूके सिजनल भिसा मिति परिवर्तन बारेमा' शीर्षकसहित सूचना सार्वजनिक ...
काठमाडौँ — गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन दिएका थिए । तर यस्तो निर्देशन विमानस्थल भन्सारमा भने कार्यान्वयन नभएको पाइएको छ । सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय ...