मुख्य समाचार
प्रवास
: नेपालीमुलका बासिन्दाहरूको बहुसंख्यक रुपमा बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ । नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को अगुवाइमा सामुदायिक भवन स्थापना भएको हो । ‘यहाँ बसोबास गर्ने नेपालीहरूले नेपालीले नेपाली सामुदायिक भवन निर्माणका लागि लामो समयदेखि पहल गर्दै आएका थिए,'नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया ...
— स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले ...
— पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी ...
— कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् । राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय ...
: अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका दुई व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो। यसअघि यसै साता अन्य दुई जनालाई पनि ...
: दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरी रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो। यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो। निष्कासनमा ...
: कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो। स्रोतका अनुसार एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र बाँची तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन्। राना 'ओभरस्टे' गरेको आरोपमा ...
: नेपालीहरूको वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, मलेसिया। मलेसियामा लाखौं नेपालीहरू विभिन्न कम्पनीहरूमा कार्यरत छन्। कतिपय प्रक्रिया पुर्‍याएर त्यहाँ पुगेका छन् भने कतिपय गैरकानुनी तरिकाबाट पनि मलेसियामा काम गरिरहेका छन्। कानुन विपरीत काम गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमनले बेला-बेला पक्राउ गरी अनुसन्धान पनि गर्ने गरेको छ। यसैबीच मलेसियाको अध्यागमनले ठूलो संख्यामा नेपालीहरूलाई निष्कासन (डीपोर्ट) गरेको छ। स्रोतका अनुसार ...
: साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ । नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार सडक दुर्घटनामा परि मृत्यु भएका पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव २० र २१ फब्रुअरीका दिन स्वदेश पठाउन लागेको हो । क्षतिपूर्ति साथ मृतक नेपालीहरूको ...
: भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्। विश्वविद्यालय प्रशासनले फिर्ता आउनका लागि विद्यार्थी, अभिभावकलाई फोन गरेर र चिठी लेखेर बोलाए पनि उनीहरू घटना सम्झिएर तत्काल जान नसक्ने बताउँछन्। हरेक नेपाली विद्यार्थी अहिले मानसिक त्रासमा रहेको उनीहरू बताउँछन्। उनीहरू फेब्रुअरी २८ ...
: भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो। बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। प्रहरीका अनुसार त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको ...
। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् । केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको ओडिसा टीभीले उल्लेख गरेको छ । युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि ...
। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता ...
सुरक्षाको कारणले यहाँ मेरो नाम उल्लेख गर्न चाहन्न । उच्च शिक्षा अध्ययनका लागि छिमेकी मुलुक आएका बेला हामीले भोग्नु परेको पीडा र एक जना नेपाली विद्यार्थीको न्यायका लागि आवाज उठाइदिनु भएकोमा सबैलाई धन्यवाद । हाम्रो कलेज (कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी–केआईआईटी) मा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्सालको निधन भएको घटना अब सबैलाई थाहा छँदैछ । ...
: नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त भएका छन्। विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दूर्व्यवहार गरेपछि सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्टारले जनाएका छन्। रजिष्टारका अनुसार दुई सिनियर होस्टल ...
: जापानले समेत अवैधरुपमा बसेका आप्रवासीहरूमाथि थप कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्। पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप पाँच नेपाली निष्काशितमा परेका छन्। स्रोतका अनुसार निष्काशित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एक/एक जना रहेका ...