मुख्य समाचार
मलेसियामाथि शानदार जित हात पार्दै हङकङ सेमिफाइनल प्रवेश
मलेसियामाथि शानदार जित हात पार्दै हङकङ सेमिफाइनल प्रवेश

: समूह उपविजेता बन्दै हङकङ सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामाथि शानदार जित हात पार्दै हङकङ सेमिफाइनल प्रवेश गरेको हो।


टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा १४० रन बनायो। जवाफी ब्याटिङ गरेको हङकङले १२.१ ओभरमै लक्ष्य भेट्टाएको थियो।

हङकङका लागि बाबर हायत नायक बने। उनले ३५ बलमै ९ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ८३ रन बनाए। त्यस्तै कप्तान निजाकत खान अविजित ४७ रन बनाए। उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यसअघि दुई खेलमा पराजित भएको हङकङलाई सेमिफाइनल प्रवेशका लागि जितसँगै रनरेटमा सुधार गर्नुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङसहित नेपालका लागि बेलायतका राजदूत रोब फेनले टोलीको बिदाइ गरेका थिए । नेपाली फुटबल टोली मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको ‘सी’ टोलीसँग मे ६ अल्डरसटमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । ...
— राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनिक काय अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सोमबार सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्राचार गरी उक्त निर्देशन दिइएको हो । कार्य सम्पादनको सिलसिलामा राखेपमा पेस हुन आएका पत्र, फाइललगायतका कागजात कारबाही प्रक्रियामा ढिलासुस्ती भएको जनगुनासो आएकाले तत्काल गुनासो सम्बोधन गर्न भनिएको छ । आगामी ...
— कोलकाता नाइटराइडर्सले आईपीएलको अंकतालिकाको दोस्रो स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सजिलै सात विकेटले हरायो । कोलकाता २१ बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर १ सय ५७ रन बनायो ...
— रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा मंगलबार दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ ले हराएको छ । यो जितका बाबजुद बार्सिलोना ११ अंकको दूरीमा दोस्रो स्थानमा छ । रियल म्याड्रिडको ८४ अंक छ र उसले लिग जित्ने लगभग निश्चित देखिएको छ । बार्सिलोनाको भने ७३ अंक छ र लिगमा पाँच चरणका खेल मात्रै बाँकी ...
। फत्तेमान घलेलाई समेट्दै इङ्ल्यान्ड ‘सी’ टिम सँगको मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ, एन्फाले जनाएको हो । नेपालले वैशाख २४ गते (मे ६) मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग मैत्री खेल खेल्नेछ । नेपाली टोली गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक ...