मुख्य समाचार
अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, कस्तो असर पार्छ नेपाललाई ?
अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, कस्तो असर पार्छ नेपाललाई ?

। अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ भने खरिदर मूल्य १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्य १३ पैसा बढेको हो भने यो मूल्य हालसम्मकै उच्च हो ।

इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन पाउँदा इरानी मुद्रा रियाल थप कमजोर बनेको छ, भने इजरायली मुद्रा शेकेल बलियो बनेको छ । शनिबार र आइतबार अन्तर्राष्ट्रिय मुद्रा कारोबार बन्द रहेकाले सोमबारदेखि नै डलर मजबुत बनेको हो ।


अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा झनै नोक्सानी पर्दछ । डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ ।

सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । एकातर्फ आयातित परिमाण नै बढ्ने अर्कोतर्फ प्रतियुनिट परिमाणको मूल्य नै बढ्दा त्यसले सञ्चित विदेशी मुद्रामा असर पार्छ । डलरको भाउ बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट नेपाललाई हुने आम्दानी रुपैयाँमा केही बढी देखिन जान्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उद्योग विभागले लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ । विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । विभागका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको छ । यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ ...
। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज नाइनएन–एकेएक्स जहाज इजरायलबाट काठमाडौं ल्याइएको छ । इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता इजरायलमा थियो । त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड रहेको यो जहाजलाई लामो समय उडानयोग्य बनाउन नसक्दा राष्ट्रिय ध्वजाबाहक नेवानिले करोडौं आर्थिक क्षति बेहोर्नु परेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाज दुबई हुँदै शनिबार राति ९ः५६ मा ...
: आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण प्रक्रियामा जुटेको अर्थ मन्त्रालयले सबै पक्षको सुझावलाई बटुल्नमा जोड दिइरहेको छ। समग्रमा मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार चलायमान नभइरहेका बेला अब्बल बजेट ल्याउन अर्थमन्त्री वर्षमान पुनले विभिन्न पक्षसँगको छलफलमा जुटेका हुन्। यसैक्रममा, अर्थमन्त्री पुनले बुधबार पछिल्लो २० वर्षयताका ७ पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिए। पूर्वअर्थमन्त्रीहरूले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने ...
— विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ । सेन्टर श्रोतका ...
: हिमाली जिल्ला मुस्ताङमा १२ महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन्। २०८० को वैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी–जोमसोम सडकमार्ग तथा पोखरा–जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा ...