मुख्य समाचार
इरानले गर्‍यो इजरायलमा दर्जनौं ड्रोन र क्षेप्यास्त्र प्रहार
इरानले गर्‍यो इजरायलमा दर्जनौं ड्रोन र क्षेप्यास्त्र प्रहार

इरानले इजरायलमा दर्जनौं ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेको सञ्चारमाध्यमहरुले जनाएको छ। यो आक्रमणलाई सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा भएको आक्रमणपछिको बदला भएको बताइएको छ ।


इजरायली सेनाले भने सयभन्दा बढी ड्रोनहरू छोडेको बताएका छन्। तीमध्ये अमेरिकाले केही ड्रोन खसालेको छ जनाइएको छ।



इजरायली सेनाले इजरायल र अन्य देशहरूले इजरायली हवाई क्षेत्र बाहिर क्रूज मिसाइल र ड्रोन खसालेको बताएको छ। इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्रीले युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

दुई प्रमुख प्रतिद्वन्द्वी देशहरूबीच वर्षौंदेखि छद्म युद्ध चलिरहेको छ तर यो पहिलो पटक आमनेसामने भएको लडाई हो। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, 'जहाँ आत्यावश्यक छ सो स्थानमा खतरा रोक्ने कार्य भइरहेको छ।' आक्रमण पछि, इजरायलमा साइरनको आवाज सुनिएको छ । जेरुसेलममा ठूलो विस्फोट बीबीसी समाचारमा उल्लेख छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने, 'हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर इजरायल र यहाका जनताको रक्षा गर्न पूर्ण रूपमा लागेका छौं।'

उनका अनुसार इजराइलमा केही मिसाइल खसेका छन्, जसले सामान्य क्षति पुर्‍याएको छ र कसैले पनि ज्यान गुमाएको छैन।

इजरायलको एम्बुलेन्स सेवाका अनुसार दक्षिणी अराद क्षेत्रमा घुमन्ते जनजातिकी १० वर्षीया बालिका भग्नावशेषबाट खसेको धारिलो वस्तुले लागेर घाइते भएकी छन्।

इरान इजरायलबाट १,८०० किलोमिटर टाढा छ।

इजरायल, लेबनान र इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् भने सिरिया र जोर्डनले आफ्नो हवाई रक्षा प्रणालीलाई अलर्टमा राखेका छन् ।

अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणपछि इरानले बदला लिने कुरा गरेको थियो । यस आक्रमणमा एक शीर्ष कमाण्डर सहित सात सैन्य अधिकारीको मृत्यु भएको थियो।

इरानले यस हमलाको लागि इजरायललाई जिम्मेवार ठहराएको थियो भने इजरायलले भने उक्त आक्रमणको पुष्टि वा अस्वीकार दुबै गरेको छैन।

आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने, 'इरानले इरानी भूमिबाट इजरायली राष्ट्रमाथि प्रत्यक्ष आक्रमण गरेको छ। हामी इरानले इजरायल तर्फ पठाउने किलर ड्रोनलाई नजिकबाट हेरिरहेका छौं। आक्रमण व्यापक रुपमा बढिरहेको छ।'

उनले इजरायली वायुसेनाका विमान हावामा कुनै पनि किसिमको खतराको सामना गर्न तयार रहेको बताएका छन् ।

इरानले ड्रोन छोडेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशको रक्षा प्रणालीलाई काममा लगाइएको बताएका छन्। प्रधानमन्त्री नेतान्याहुले अमेरिकासँगै बेलायत, फ्रान्स र अन्य धेरै देशले सहयोग गर्ने बताएका छन्।

यस हप्ताको सुरुमा इजरायलका रक्षा र विदेश मन्त्रीहरूले इरानले इजरायलमा आक्रमण गरे, इरान भित्रै जवाफ दिने चेतावनी दिएका थिए।

इरानी आक्रमणको खबरपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपति बाइडेन इजरायलको रक्षा गर्न कटिबद्ध रहेको बताएकी छन् ।

अमेरिका इजरायलका जनताको साथमा उभिने र इरानका यी धम्कीहरूबाट उनीहरूलाई बचाउने उनले बताइन्।

इजरायलको सुरक्षाको लागि अमेरिकाको समर्थन हुने कुरामा राष्ट्रपति बाइडेन अटल रहेका उनले बताइन्।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको निन्दा गर्दै इजरायल र यसका सबै क्षेत्रीय साझेदारहरूको सुरक्षाका लागि खडा हुने वाचा गरेका छन्।

इरान के भन्छ

इरानी सेनाको सबैभन्दा शक्तिशाली शाखा आइआरजीसीले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आक्रमणसहित इजरायलको बारम्बार अपराधको बदलास्वरूप यो आक्रमण गरेको बताएको छ।

इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको "निरन्तर अपराध" विरुद्ध आक्रमण गरिएको बताएको छ। इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ।

इरानले जारी गरेको सेनाको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेशन ट्रु प्रमिस’ नाम दिइएको छ । विज्ञप्तिमा आक्रमणको प्रकारको जानकारी दिइएको छैन।
अप्रिलको पहिलो दिन सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रीलंकाको जन्मदरमा ब्यापक गिरावट आएको छ। सन् २०२० देखि श्रीलंकाको जन्मदर निरन्तर घटिरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। श्रीलंकाका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीका अनुसार जन्मदरमा गिरावट आउनुको साथै मृत्युदर बढेको हो। वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहे पनि हालः सन् २०२३ मा घटेर ...
: भारतको उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सर्वोच्च अदालतलाई बताएको छ । रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ । लाइसेन्स रद्द भएका उत्पादनहरुमा स्वासरी गोल्ड, स्वासरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वासरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, ...
: केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले जनाएका छन् । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ । 'बाँध फुट्दा ४२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अहिले पनि धेरै मानिस माटोमा छन्, हामी उद्धारको प्रयासमा काम गरिरहेका छौँ', नाकुरु काउन्टीका ...
अमेरिकी सरकारले चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । टिकटक र अमेरिकी सरकारबीच लामो समयदेखि चल्दै आएको संघर्ष अब निष्कर्षमा पुग्ने चरणमा छ । किनकि राष्ट्रपति जो बाइडेनले अमेरिकामा टिकटक बेच्नुपर्ने अन्यथा प्रतिबन्ध लगाइने कानुनमा हस्ताक्षर गरिसकेका छन् । हुनत यसअघि पनि टिकटकको मातृ कम्पनी बाइटडान्ससँग टिकटकलाई कुनै अमेरिकी कम्पनीलाई बेच्न प्रस्ताव नगरिएको ...
। युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका छन् । युक्रेनी सेना प्रमुख जनरल ओलेकजेण्डर सिरिस्कीले पूर्वतर्फको लडाइँको मोर्चाबाट युक्रेनी सेना पछि हटेको बताएका हुन् । टेलिग्राममा एक पोष्ट गर्दै उनले भनेका छन्, ‘मोर्चाको हालत निकै खराब भएकाले युक्रेनी सेना पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्नु परेको छ ।’ युक्रेनलाई अमेरिकाबाट सैन्य ...