मुख्य समाचार
सलमानको घरमा गोली चलाउने सुटरको पहिचान खुल्यो
सलमानको घरमा गोली चलाउने सुटरको पहिचान खुल्यो

। भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ ।

मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ ।


तीमध्ये एकजना सुटर हरियाणाको गुरुग्राममा बस्ने विशाल उर्फ कालु रहेको भनिएको छ । उक्त व्यक्ति राजस्थानको कुख्यात ग्याङस्टर रोहित गोदारको सुटर रहेको बताइएको छ । कालुले यसअघि पनि हरियाणामा एक व्यक्तिको हत्या गरिएको आजतकले जनाएको छ । त्यसयता उक्त व्यक्ति फरार रहेको उल्लेख छ ।

मुम्बई प्रहरीले उक्त व्यक्तिविरुद्ध व्यक्तिहत्याको मुद्दा दायर गरेको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सलमानको अपार्टमेन्ट बाहिर चौबीसै घण्टा सशस्त्र प्रहरीको उपस्थिति छ । घटनापछि चर्चित बलिउड सेलिब्रेटीले अपार्टमेन्टमै पुगेर सलमानसँग भेटेका छन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पिता सलिम खानले बताएका छन् ।


यसैबीच उक्त घटनापछि सलमानले आफ्नो सेड्युललाई स्थगित गरेका छैनन् । उनले अहिले कुनैपनि फिल्म नगरेपनि केही विज्ञापन र ब्राण्ड एन्डोर्समेन्टमा पनि सामेल छन् । उनले आफ्नो क्यालेन्डरअनुसार नै दैनिकी चलाइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको न्युयोर्कमा आयोजित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली फिल्ममेकर रविन आचार्यले दुई विधामा अवार्ड जितेका छन् । फिल्म ‘रोटन ब्लड’बाट उनले छायांकन विधामा स्पेसल मेन्सन र ‘मनु’बाट फाउन्डर च्वाइस अवार्ड जितेका हुन् । छायांकन विधामा मार्सेल लोबेनविनको ‘कोडा’, लिओ काल्जोनीको ‘सिएला’, स्कट टी समर्सको ‘मिरान्डा अफ माइन्ड’ र विलियम मुरेको ‘द डार्क फरेस्ट’सहित आचार्य पनि ...
। तेस्रो लगानी सम्मेलनका दौरान मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ । सोमबार बीटूबी प्यानल डिस्कसनमा भारतीय र चाइनिज लागनीकर्ताको चासो गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जीकेसीसी) परियोजनामा देखिएको थियो । कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले स्ट्यान्डर्ड प्रोजेक्ट भनेका छन् । लगानी साझेदार बन्न ...
। बुधबारदेखि अंग्रेजी नयाँ महिना मे १ सुरु हुँदैछ । क्यालेन्डरको पात्रो बदलिनुमात्र हैन, उक्त महिनामा केही प्रतीक्षित हलिउड फिल्म पनि रिलिज र स्ट्रिमिङ तयारीमा छन् । मे महिनामा प्रतीक्षित हलिउड फिल्म ‘म्याड म्याक्स’को नयाँ सिक्वेलदेखि जेरी सेनफिल्डको कमेडी फिल्म ‘पप टार्ट्’सम्म रिलिज हुँदैछन् । बीबीसी कल्चरले मे महिनामा आउन लागेका केही प्रतीक्षित अंग्रेजी फिल्मको सूची ...
। अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’को हाइप यतिबेला विश्वव्यापी छ । फिल्मले रिलिजअघि नै १२ सय करोड भारु कमाएको खबर बाहिर आएको थियो । यतिबेला यो फिल्मलाई लिएर नयाँ खबर छ, अभिनेता अल्लु अर्जुनले पारिश्रमिकमा ३० प्रतिशत वृद्धि गरेका छन् । यसअघि उनले १०० करोड भारु लिने गर्थे । अहिले उनको ...
। यो साता ओटीटी प्लाटफर्ममा नयाँ फिल्म र सिरिज रिलिज भएका छन् । गत महिना हलमा रिलिज हुँदा राम्रो समीक्षा प्राप्त गरेको बलिउडको ‘लापता लेडिज’देखि हलिउडको ‘कुङ्फु पाण्डा ४’ पनि यो साता स्ट्रिमिङ भइरहेको छ । तपाईंले घरमै बसीबसी आफूले सब्सक्राइब गरेका ओटीटी प्लाटफर्ममा यी फिल्म र श्रृंखला हेर्न सक्नुहुन्छ । यो साता स्ट्रिम हुन थालेका ...