मुख्य समाचार
आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा
आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको उनले बताइन् ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन् ।

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् । उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन् ।

शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल टेलिकमले प्राविधिक र प्रणालीगत सुधार हुन नसक्ने गरी ६ वर्ष पुरानो कागजातका आधारमा बिलिङ प्रणालीको टेण्डर निकालेको भेटिएको छ । नेपाल टेलिकमको सञ्चालक समितिबाट भएको हस्तक्षेप र प्राविधिकहरूको मिलेमतोमा सीमित सूचना प्रविधि (टेक) कम्पनीहरूबीच मात्रै प्रतिस्पर्धा हुने गरी नयाँ बिलिङ प्रणालीका लागि टेण्डर आह्वान भएको हो । नेपाल टेलिकमको सञ्चालक समितिले ६ वर्षअघि अनुमोदन गरेको ...
— आउँदो भदौमा गरिनुपर्ने एनसेलको अनुमतिपत्र नवीकरणका लागि सरकारले सर्त अघि सारेको छ । गत फागुन ६ मा नै माइन्युट गरी शुक्रबार सार्वजनिक निर्णयमा पाँच वर्षपछि एनसेलको स्वामित्वमा रहेका सम्पूर्ण जायजेथा सरकार मातहत आउने सुनिश्चितता गरे मात्रै मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्न सकिने उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एनसेलको स्वामित्व सरकारमा आउन नदिने गरी सेयर स्वामित्वको हुन ...
सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् करिब ५ करोड रुपैयाँ रहेको खुलासा भएको छ। मेटा कम्पनीले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा पेस गरेको विवरणमा मेटाका कर्मचारीहरुको गत वर्ष सन् २०२३ को वार्षिक औसत आम्दानी ३ लाख ७९ हजार डलर रहेको ...
— अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ । एप्पलले रोयर्टसलाई पठाएको ...
— प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । जसमा कलाकारहरू देव पटेल, आलिया भट्ट, जेम्स म्याकब्राइडदेखि माइक्रोसफ्टका सीईओ सत्य नडेला र विश्व बैंकका ...