मुख्य समाचार
च्याट जिपिटीलाई टक्कर दिन एप्पल र गुगलको सहकार्य, अब आइफोनमा जेमिनी
च्याट जिपिटीलाई टक्कर दिन एप्पल र गुगलको सहकार्य, अब आइफोनमा जेमिनी

। च्याट जिपिटीले जेनेरेटिभ एआईको दुनियामा यस्तो तहल्का मच्चाइरहेको छ कि यो क्षेत्रमा गुगल जस्ता दिग्गज कम्पनी समेत फ्लप देखिएका छन् । सायद त्यहीँ कारणले गर्दा गुगल र एप्पलले एक आपसमा सहकार्य गर्नुपर्ने अवस्था आएको छ।

आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा यत्रतत्र छ । यहीँ क्रममा यो वर्षको सुरुवातमा सामसुंगले आफ्नो ग्यालेक्सी एआई सार्वजनिक गर्यो । आगामी दिनमा एप्पलले पनि आफ्नो एआई ल्याउने योजनामा छ र उसको आगामी आइफोनमा विभिन्न एआई फिचरहरु उपलब्ध हुनेछन् । ब्लुम्बर्गका अनुसार एप्पलले यसका लागि गुगलसँग छलफल सुरु गरेको छ ।


एप्पलले आफ्नो आगामी आइफोनका लागि आर्टिफिसियल इन्टेलिजेन्सवाला फिचर तयार गरिरहेको छ। उक्त आर्टिफिसियल इन्टेलिजेन्सलाई गुगलको जेमिनीले सामथ्र्य प्रदान गर्नेछ।

एप्पलले हालै माइक्रोसफ्टको ओपन एआईसँगको सहकार्यको चर्चापनि गरेको थियो ताकि उसले एप्पलको एआई मोडेल बनाउन सहयोग गरोस् । यद्यपि तिनैवटा कम्पनीले यसबारेमा कुनै पनि विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।


आइफोनका लागि एआई फिचर तयार गर्ने विषयमा एप्पल र गुगलबीचको कुराकानी सकारात्मक दिशामा अगाडि बढिरहेको छ। यसमा आइफोन निर्मातालाई गुगलको एआई टूल जेमिनी प्रयोग गर्ने लाइसेन्स प्राप्त हुनेछ। साथै यहीँ अंग्रेजी वर्षमा लञ्च हुने आइफोनमा पनि नयाँ एआई फिचर उपलब्ध गराइनेछ। आगामी जून महिनामा हुने वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्सका क्रममा पनि यसबारेमा घोषणा गर्न सकिनेछ।

एप्पलले जेनेरेटिभ एआईको दिशामा निकै सुस्त काम गरिरहेको छ । यद्यपि गत महिना कम्पनीका सिइओ टिभ कुकले यो वर्षको अन्त्यसम्ममा जेनेरेभिट एआईको बारेमा जानकारी दिने बताएका थिए।

एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १६ सिरिज सार्वजनिक गर्नेछ। सो आइफोनमा एआई फिचर हुने दाबी ब्लुम्बर्गको छ । तथापि यस विषयमा एप्पलले आधिकारिक रुपमा केहीपनि बताएको छैन। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल टेलिकमले प्राविधिक र प्रणालीगत सुधार हुन नसक्ने गरी ६ वर्ष पुरानो कागजातका आधारमा बिलिङ प्रणालीको टेण्डर निकालेको भेटिएको छ । नेपाल टेलिकमको सञ्चालक समितिबाट भएको हस्तक्षेप र प्राविधिकहरूको मिलेमतोमा सीमित सूचना प्रविधि (टेक) कम्पनीहरूबीच मात्रै प्रतिस्पर्धा हुने गरी नयाँ बिलिङ प्रणालीका लागि टेण्डर आह्वान भएको हो । नेपाल टेलिकमको सञ्चालक समितिले ६ वर्षअघि अनुमोदन गरेको ...
— आउँदो भदौमा गरिनुपर्ने एनसेलको अनुमतिपत्र नवीकरणका लागि सरकारले सर्त अघि सारेको छ । गत फागुन ६ मा नै माइन्युट गरी शुक्रबार सार्वजनिक निर्णयमा पाँच वर्षपछि एनसेलको स्वामित्वमा रहेका सम्पूर्ण जायजेथा सरकार मातहत आउने सुनिश्चितता गरे मात्रै मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्न सकिने उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एनसेलको स्वामित्व सरकारमा आउन नदिने गरी सेयर स्वामित्वको हुन ...
सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् करिब ५ करोड रुपैयाँ रहेको खुलासा भएको छ। मेटा कम्पनीले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा पेस गरेको विवरणमा मेटाका कर्मचारीहरुको गत वर्ष सन् २०२३ को वार्षिक औसत आम्दानी ३ लाख ७९ हजार डलर रहेको ...
— अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ । एप्पलले रोयर्टसलाई पठाएको ...
— प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । जसमा कलाकारहरू देव पटेल, आलिया भट्ट, जेम्स म्याकब्राइडदेखि माइक्रोसफ्टका सीईओ सत्य नडेला र विश्व बैंकका ...